
६ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट राप्रपासँगै रास्वपा पनि बाहिरिएको छ । आज प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे ।
त्यसपछि राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका छन् ।
सभामुखले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भने कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन् ।
रास्वपाका पुरुष सांसदहरु आज कालो कपडा र निलो रिबनसहित संसद भवन पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4