+
+
Shares

सरकार र मन्त्रीको गैरजिम्मेवारीले संसद्को कार्यसूची प्रभावित भए : शक्ति बस्नेत

नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रीको गैरजिम्मेवारीले संसद्को कार्यसूची प्रभावित भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १३:१३
नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रीहरूको गैरजिम्मेवारीले संसद्को कार्यसूची प्रभावित भएको बताए।
  • संसद बैठकमा उनले भने, ‘सरकार र मन्त्रीज्युहरूको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण केही मन्त्रालयको छलफललाई कार्यसूचीबाट हटाउनुपरेको छ।’
  • उनले निर्धारित समयमा छलफल हुन नसकेका विषयमाथि फेरि समय लिएर छलफल गर्नुपर्ने माग गरे ।

६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रीको गैरजिम्मेवारीले संसद्को कार्यसूची प्रभावित भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन् ।

‘सरकार र मन्त्रीज्युहरूको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण हिजो पनि आज पनि केही मन्त्रालयहरूको छलफललाई कार्यसूचीबाट हटाउनुपरेको छ,’ उनले भने ।

सांसद बस्नेतले निर्धारित समयमा छलफल हुन नसकेका विषयमाथि फेरि समय लिएर छलफल गरिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?