+
+
Shares

हट्यो चक्रपथभित्रको निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १३:३४

६ असार, काठमाडौं । काठमाडौंको चक्रपथभित्रको निषेधाज्ञा हटेको छ । राजावादी आन्दोलानलाई लक्षित गरी सिफल, कोटेश्वर र बल्खु बाहेक चक्रपथ भित्रका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना निकालेर चक्रपथभित्रका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिएको हो ।

काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका तोकिएको स्थान बाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध आदेश जारी गरेको थियो ।

तर, हाललाई अब निषेधाज्ञा कायम नरहेको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?