
News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको कालिगण्डकी गाउँपालिका-१ गरगरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
- प्रहरीले सडक खोल्ने काम गरिरहेको भए पनि चट्टान सहितको पहिरोले सडक खुलाउन समय लाग्ने जनाएको छ।
६ असार, गुल्मी । पहिरोले कालिगणडकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका-१ गरगरे स्थित कालीगण्डकी करिडोर खण्डमा माथिबाट पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बाटो खुलाउने काम भइरहेको छ ।
चट्टान सहितको पहिरो खसेकाले समय लाग्ने प्रहरीले भनाइ छ । त्यस्तै तीन दिन अघि कागण्डकी गाउँपालिका–६ बरम्बा स्थित कालिगण्डकी करिडोर सडकको गुल्मी खण्ड अवरुद्ध भएको थियो ।
अवरुद्ध सडक मंगलबार मात्रै एकतर्फी खुलेको थियो । हालसम्म पनि सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।
भएको कालिगण्डकी करिडोर एकतर्फी खुलेको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बरम्बा स्थित कालिगण्डकी करिडोर सडकको गुल्मी खण्डमा सोमबार दिउँसो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको थियो ।
प्रतिक्रिया 4