+
+
Shares

धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले धनगढी उपमहानगरपालिका–७ मनेहराबाट १२ जना जुवाडेलाई पक्राउ गरेको हो।
  • उनीहरूबाट नगद र ताससहित पक्राउ परेका छन्।
  • उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

७ असार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट १२ जना जुवाडेलाई पक्राउ गरिएको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले न्यु लामिछाने कन्ट्रक्सन कम्पनीको भित्रि कोठामा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा छापा हानेको थियो ।

प्रहरीको टोलीले छापा हानेर एक लाख ३१ हजार एक सय ८० नगद र चार गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का ३१ वर्षीय सन्तोष कामी, वडा नं. ८ का ६२ वर्षीय जयबहादुर कार्की, वडा नं. १ का ४२ वर्षीय रमेश साउद र ३५ वर्षीय पुष्प बिष्ट, वडा नं. ५ का ४१ वर्षीय लालबहादुर केसी, वडा नं. ७ का ३६ वर्षीय खडकबहादुर शाही, वडा नं. ६ का ३२ वर्षीय भुवन बोहरा, वडा नं. ८ का ४२ वर्षीय भरत बिक, वडा नं. १ का ३४ वर्षीय कृष्ण कुँवर, वडा नं. ८ का ५० वर्षीय तुलाराम बिष्ट, वडा नं. १ का ३४ वर्षीय राजेन्द्र साउद र वडा नं. ८ का ५२ वर्षीय नन्दलाल राना रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?