+
+
Shares

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

गत शुक्रबार सुन तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १२:२२

८ असार, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि सुनको भाउ तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँ तोकेको छ । गत शुक्रबार सुन तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि समान्य बढेको छ । शुक्रबार तोलामा २ हजार १ सय ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?