+
+
Shares

रास्वपा सांसद असिम शाहले संसदमा भने- देश भ्रष्टाचारको म्युजियम बन्दैछ

‘कहिले भुटानी शरणार्थीको भेषमा आफ्नै देशको नागरिक बेच्छ । कहिले ललिता निवास बचाउनु पर्नेले सरकारी जग्गा पचाउँछ,’ भिजिट भिसा प्रकरणमा बोल्ने क्रममा शाहले भने,‘कहिले क्विन्टलका क्विन्टल सुनलाई ‘बिस्कुट’ भनेर भित्र्याउँछ । कहिले वाइडबडी उडाउने नाममा राज्यको ढुकुटी उडाउँछ । कहिले एयरपोर्ट बनाउने नाममा भ्रष्टाचारको ओलम्पिकमा नयाँ कीर्तिमान कायम गर्छ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद असिम शाहले नेपाल भ्रष्टाचारको म्युजियम बन्न लागेको भन्दै संसदमा चिन्ता व्यक्त गरे।
  • उनीहरूले भिजिट भिसा प्रकरण र भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिनको माग गरे।
  • शाहले सरकार र गृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार र नैतिकता सम्बन्धी आरोप लगाए।

८ असार, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले नेपाल भ्रष्टचारको म्युजियम बन्न लागेको भन्दै संसदमा चिन्ता व्यक्त गरेका छन् ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै रास्वपाले निरन्तर संसद विरोध गर्दै आएको छ । सभामुख देवराज घिमिरेले रास्वपा सांसद शाहलाई बोल्न समय दिएका थिए ।

‘कहिले भुटानी शरणार्थीको भेषमा आफ्नै देशको नागरिक बेच्छ । कहिले ललिता निवास बचाउनु पर्नेले सरकारी जग्गा पचाउँछ,’ भिजिट भिसा प्रकरणमा बोल्ने क्रममा शाहले भने,‘कहिले क्विन्टलका क्विन्टल सुनलाई ‘बिस्कुट’ भनेर भित्र्याउँछ । कहिले वाइडबडी उडाउने नाममा राज्यको ढुकुटी उडाउँछ । कहिले एयरपोर्ट बनाउने नाममा भ्रष्टाचारको ओलम्पिकमा नयाँ कीर्तिमान कायम गर्छ।’

‘बेस्ट–सेलर’ सूचीमा नयाँ अध्यायको रुपमा ‘भिजिट भिसा काण्ड’ आएको उनले बताए । एक महिनादेखि सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको शाहले बताए ।

‘सिन्डिकेटको ‘प्रोडक्ट क्याटलग’ पनि गजबकै छ । यो सामान्य ठगी होइन । यो हजारौं नेपाली युवाको सपना, परिवारको सम्पत्ति र सिंगो भविष्यमाथिको सुनियोजित डकैती हो,’ शाहले भने,‘यस्तो मुद्दामा तत्काल निष्पक्ष छानबिन नगरेर सरकार मुकदर्शक बन्दा देशमा सरकार होइन, सर्कस चलिरहेको छ जस्तो लाग्छ।’

हालका गृहमन्त्री रमेश लेखकले मन्त्रीमाथि प्रश्न उठे, नैतिकताको आधारमा राजीनामा दिनुपर्ने संसदमा बताएको स्मरण गराउँदै शाहले उनीमाथि त्यही प्रश्न उठेको बताए । गृहमन्त्रीप्रति संकेत गर्दै भने, ‘अब उपदेश होइन, आचरण देखाउने समय हो। नत्र इतिहासले तपाईंलाई ‘काफिला लुटिँदा मौन बस्ने कायर रहबर’ का रूपमा सम्झिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?