+
+
Shares

आर्थिक विवादमा मुछिएपछि सप्तरीका एसपी खतिवडाको जिम्मेवारी खोसियो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते ११:११

१० असार, काठमाडौं । आर्थिक विवादमा मुछिएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख तथा एसपी ढकेन्द्र खतिवडाको जिम्मेवारी खोसिएको छ ।

प्रहरी प्रधान कार्यालयको सोमबार निर्णय अनुसार सप्तरी प्रमुखको जिम्मेवारीबाट हटाउँदै उनलाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि खतिवडामाथि केही बुझ्नु पर्ने भएकाले बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको पुष्टि गरे ।

खतिवडाको ठाउँमा प्रहरी हेडक्वाटरकै युएन शाखामा कार्यरत एसपी गौतम केसीलाई पठाइएको छ । उनी पनि यसअघि धादिङबाट तानिएका थिए ।

गत असोजमा परेको वर्षाका कारण ठूलो जनधनको क्षति भएको थियो । झ्याप्ले खोलामा पहिरोले गाडी पुर्दा धेरै मान्छेले ज्यान समेत गुमाएका थिए । यो घटनामा छानबिन समितिले एसपी केसीको समेत कमजोरी औंल्याएपछि उनको जिम्मेवारी खोसिएको थियो ।

खतिवडाले गाँजा मुद्दाका एक आरोपीलाई पक्राउ गनर्ने सर्तमा वरिष्ठ सई विश्वनाथ साहमार्फत रकम लिएको आरोप छ ।

गाँजा कसुरमा जोडिएमा जोगानन्द मण्डललाई पक्राउ नगर्ने सर्तमा उनका भाइ अखिलेशसँग ४ लाख रुपैयाँ लिएको आरोप छ । यही विषयमाथि छानबिन सुरु गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?