+
+
Shares

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीया महिलाको मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलामकी ३९ वर्षीय महिलाको कोरोना संक्रमणपछि विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भयो।
  • मृतक महिलाको सात दिनदेखि स्वास्थ्य समस्या थियो र परीक्षणपछि कोरोना पुष्टि भयो।
  • कोशी प्रदेशमा हालसम्म ८ जना कोरोना संक्रमित देखिएका छन्।

१० असार, विराटनगर । कोरोना संक्रमित महिलाको नोबेल शिक्षण अस्पतालमा विराटनगरमा मृत्यु भएको छ ।

मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीया महिलाको मृत्यु भएको हो ।

मृतक महिलाको ठेगाना इलामको सूर्याेदया नगरपालिका रहेको नोबेल अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए ।

उनका अनुसार अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या थियो । श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा महिलाको मृत्यु भएपछि शवलाई प्रहरीको जिम्मा लगाइएको प्रबन्धक राईले जानकारी दिए ।

कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन् । प्रदेश स्वास्य मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?