+
+
Shares

१ अर्ब बढीको कुचो निर्यात

साउन–जेठसम्म मात्रै १ अर्ब ९ करोड १३ लाख २४ हजार रुपैयाँको अम्रिसो कुचो निर्यात भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १४:२५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन–जेठ) मा १ अर्ब ९ करोड १३ लाख रुपैयाँको अम्रिसो कुचो निर्यात भएको छ।
  • गत वर्षको तुलनामा निर्यात घटेको भए पनि, २०८०/८१ मा १ अर्ब ३२ करोड ५२ लाख रुपैयाँको कुचो भारतमा निर्यात भएको थियो।
  • अम्रिसो कुचोको निर्यात भारत र बंगलादेशमा मुख्य रूपमा हुने गरेको छ।

१० असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन–जेठ) सम्म मात्रै १ अर्ब ९ करोड १३ लाख २४ हजार रुपैयाँको अम्रिसो कुचो निर्यात भएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा कुचो निर्यात घटेको भन्सार विभागको तथ्यांकले देखाउँछ । गत आव साउनदेखि जेठसम्म मात्रै १ अर्ब २६ करोड १२ लाख रुपैयाँ बराबरको अम्रिसो कुचो निर्यात भएको थियो ।

गत वर्ष एक दशकमै सबैभन्दा बढी कुचो निर्यात भएको थियो ।

उक्त अवधिमा १ करोड ४२ लाख ९७ हजार किलो अम्रिसो कुचो भारत निर्यात भएको तथ्यांकले देखाउँछ ।

भन्सार विभागको तथ्यांक अनुसार आव २०७९/८० मा १ अर्ब रुपैयाँको कुचो भारतमा मात्रै निर्यात भएको थियो । यस्तै २०८०/८१ मा १ अर्ब ३२ करोड ५२ लाख ५४ हजार रुपैयाँको कुचो निर्यात भएको थियो ।

आव २०७८/७९ मा ६९ करोड ९८ लाख रुपैयाँ बराबरको कुचो भारत निर्यात भएको थियो ।

आर्थिक वर्ष ०७७/७८ मा ६५ करोड ८८ लाख १३ हजार रुपैयाँ बराबरको कुचो भारत र बंगलादेश निर्यात भएको थियो । त्यस वर्ष ५६ लाख ३७ हजार रुपैयाँको २ लाख ३२ हजार ६ सय किलो कुचो बंगलादेश निर्यात भएको थियो भने ६५ करोड ३१ लाख ७६ हजार रुपैयाँ बराबरको कुचो भारत निर्यात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?