+
+
Shares

उखु किसानलाई राष्ट्रिय अनुदान नीति अनुसार अनुदान दिइने छ : अर्थमन्त्री

अर्थमन्त्री पौडेलले उखु किसानलाई दिइने अनुदानका लागि बजेट विनियोजन गरिएको तर अनुदानका सन्दर्भमा एकीकृत राष्ट्रिय अनुदान नीतिको आवश्यकता भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उखु किसानका लागि बजेट विनियोजन भएको बताए।
  • उहाँले अनुदानको लागि एकीकृत राष्ट्रिय अनुदान नीति आवश्यक रहेको र यसबाट अनुदानको मोडेल निर्धारण हुने बताए।
  • सरकारले अनुदान कार्यक्रमलाई प्रभावकारी बनाउन यस नीति प्रयोग गर्ने सोच राखेको उनले बताए।

१० असार, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उखु किसानका लागि बजेट विनियोजन भएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले उखु किसानलाई दिइने अनुदानका लागि बजेट विनियोजन गरिएको तर अनुदानका सन्दर्भमा एकीकृत राष्ट्रिय अनुदान नीतिको आवश्यकता भएको बताए ।

‘राष्ट्रिय योजना आयोगबाट तर्जुमा हुने एकीकृत राष्ट्रिय अनुदान नीति अनुरूप अनुदानको मोडेल सीमा र वितरण निर्धारण गरिने छ,’ उनले भने, ‘हामीले विभिन्न प्रकृतिका अनुदानलाई सोही अन्तर्गत रहेर वितरण गर्नेछौं ।’

उनले एकीकृत राष्ट्रिय अनुदान नीति महत्त्वपूर्ण विषय भएको र यो अनुदान नीतिबाट नै अनुदानका कार्यक्रमलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्छ भन्ने सरकारको सोच रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?