+
+
Shares

ललितपुरको टिकाथलीमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली ठटिकोटमा करेन्ट लागेर ६४ वर्षीय आशाकाजी महर्जनको मृत्यु भयो।
  • मृत्यु मंगलबार बिहान निर्माणाधीन घरको खाल्टोमा जमेको पानी तान्ने क्रममा करेन्ट लागेर भएको हो।
  • उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

१० असार, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली ठटिकोटमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६४ वर्षीय आशाकाजी महर्जन छन् । करेन्ट लागेर मंगलबार बिहान महर्जनको मृत्यु भएको प्रहरीले बताएको छ ।

निर्माणाधीन घरको जग खनेको खाल्टोमा जमेको पानी तान्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?