+
+
Shares

क्यानडामा ‘नेपाली क्रिएटर्स फेस्ट २०२५’ आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते २१:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानभी फाउण्डेसनले क्यानडाको टोरन्टोमा ‘नेपाली क्रिएटर्स फेस्ट २०२५’ आयोजना गर्ने घोषणा गर्यो।
  • प्रतिभाहरूले अनलाइन र भर्चुअल माध्यमबाट सहभागी हुन सक्नेछन्, जसको मूल्याङ्कन नेपाल, क्यानडा र अमेरिकाका निर्णायकहरूले गर्नेछन्।
  • ग्रान्ड फिनाले टोरन्टोमा प्रत्यक्ष रूपमा आयोजना हुनेछ, जसले सांस्कृतिक एकता र प्रतिभा अभिव्यक्तिको अवसर प्रदान गर्नेछ।

टोरन्टो (क्यानडा) । मानभी फाउण्डेसनले यहाँ बसोबास गर्ने नेपाली समुदायका लागि ‘नेपाली क्रिएटर्स फेस्ट २०२५’ आयोजना गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थी, नयाँ आप्रवासी, युवा र क्यानडामा बस्ने सबै नेपालीलाई सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्न तयार गरिएको फाउण्डेसनले जनाएको छ ।

मानभी स्टुडियोज स्थापना गरेको एक वर्ष सफलतापूर्वक पूरा गरेपछि फाउण्डेशन नामक संस्था सुरु भएको हो । उत्सवमा इच्छुक प्रतिभा निःशुल्करुपमा सहभागी हुनसक्नेछन् ।

यहाँ नेपालीको संख्या बढ्दै गएसँगै विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना भइरहेका छन्, जहाँ यो कार्यक्रमले एउटा नयाँ आयाम ल्याउने विश्वास गरिएको संस्थाका प्रमुख विधान कार्कीले बताए ।

नृत्य, गायन, फोटोग्राफी, भिडियो बनाउने, कविता, कला, संगीत, लगायत विभिन्न विधामा रुचि राख्ने नेपालीले अनलाइनमार्फत सहभागी हुन सक्ने जनाइएको छ । प्रतिस्पर्धाको मूल्याङ्कन नेपाल, क्यानडा र अमेरिकाका ख्यातिप्राप्त निर्णायले भर्चुअल रूपमा गर्नेछन्, जसले प्रतियोगितालाई अझ अन्तर्राष्ट्रिय बनाउनेछ ।

ग्रान्ड फिनाले टोरन्टोमा प्रत्यक्ष रूपमा आयोजना गरिनेछ, जहाँ प्रतिभाले आफूलाई मञ्चमा प्रस्तुत गर्ने मौका पाउनेछन् । ‘यो केवल प्रतिस्पर्धा मात्र नभई, सांस्कृतिक एकता, प्रतिभा अभिव्यक्ति र नयाँ सञ्जाल निर्माण गर्ने एक सुनौलो अवसर हो’ कार्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?