+
+
Shares

भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवासीका लागि एउटै आयोग बनाउँदैछौंः मन्त्री अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १४:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्री बलराम अधिकारीले भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवासीको मुद्दामा एकीकृत नीति लागु गर्नुपर्ने बताए।
  • उहाँले सरकारले एक आयोग गठनको प्रस्ताव अघि सारेको र स्थानीय तहलाई जोखिमयुक्त ठाउँमा बसोवासीलाई स्थानान्तरण गर्ने जिम्मेवारी दिएको बताए।
  • सरकारले भूमिहीन र सुकुमवासीको हक अधिकार सुनिश्चित गर्न नीति र कानुनी रूपमै एकरूपता ल्याउने तयारी गरेको उहाँले बताए।

१२ असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीका मुद्दामा एकीकृत नीति लागु गर्नुपर्ने बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले सरकारले एकीकृत आयोग गठनको प्रस्ताव अगाडि सारेको बताएका हुन् ।

‘अब एउटै आयोग बनाउनुपर्छ । सधैं आयोग बाँढ्ने र पाइन्छ भन्ने कुराको अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘एकपटक अन्त्य भइसकेको कुरामा केही जोखिम उठाउने आँट पनि गुर्नपर्छ भनेर हामीले दलित र भूमिहीनको हकमा बसोवास भएको क्षेत्रमा जोखिम छ भने उनीहरूलाई पनि उपयुक्त ठाउँ हेरेर राख्ने भनेका छौं ।’

मन्त्री अधिकारीद्ये अव्यवस्थित बसोवासी, सुकुमबासी र भूमिहीनको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहको भएको समेत बताए ।

‘सम्बन्धित पालिकाले जोखिमयुक्त ठाउँमा भएका भूमिहीनहरूलाई त्यहाँ भएको सरकारी जग्गा दिने व्यवस्था गर्दैछौँ,’ उनले भने, ‘सार्वजनिक जग्गा दिन त हाम्रो कानुनले दिंदैन तर सरकारी ऐलानी जग्गामा देखाएर आयोगले त्यसमा राखिदिने व्यवस्था गरेका छौँ ।’

सरकारले भूमिहीन र सुकुमवासीका हक अधिकार सुनिश्चित गर्न नीति तथा कानुनी रूपमै एकरूपता ल्याउनुपर्नेमा मन्त्री अधिकारीले जोड दिए ।

उनले जोखिमयुक्त क्षेत्रमा बसोवास गरिरहेका दलित र भूमिहीन नागरिकलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने तयारीमा सरकार जुटेको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?