+
+
Shares
सूर्यविनायक-साँगा सडक विस्तार :

घाम लाग्दा धुलाम्य, पानी पर्दा हिलाम्य (तस्वीर/भिडियो)

सडक विस्तारका काम भइरहेका कारण यो सडकखण्ड घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने गरेको छ । जसले गर्दा सर्वसाधारण यात्रुहरूले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता  छ । 

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ असार १२ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूर्यविनायक-धुलिखेल सडकखण्डको विस्तारको काम भइरहेको छ ।
  • वर्षायाम पनि सडक विस्तारका काम भइरहँदा यो सडकखण्ड घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने गरेको छ ।

१२ असार, काठमाडौं । दुई वर्षदेखि सूर्यविनायक-धुलिखेल, धुलिखल-सिन्धुली-बर्दिवास सडक आयोजनाअन्तर्गत सूर्यविनायक-साँगा सडकखण्ड विस्तारको काम भइरहेको छ ।

आशिषकुमार श्रेष्ठ बन्दन भगवती जेभीले यो सडकखण्डको काम १६ चैत २०७९ देखि सुरु गरेको थियो । साढे सात किलोमिटर लामो दुरीको यो सडकखण्डको लागत तीन अर्ब ८८ करोड ९३ लाख रहेको छ ।

धुलिखेलदेखि साँगासम्मको आठ दशमलव चार किलोमिटर सडकखण्ड विस्तारको काम भने लामा कन्स्ट्रक्सनले गरिरहेको छ । यो खण्डको लागत भने चार अर्ब पाँच करोड ६४ लाख रहेको छ ।

६ लेनमा विस्तार भइरहेको दुवै खण्डको काम दुवै ठेकेदार कम्पनीले तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।

यो बर्खायाममा पनि दुवै ठेकेदार कम्पनीहरूले सडक विस्तारको काम गरिरहेका छन् । सडक विस्तारका काम भइरहेका कारण यो सडकखण्ड घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने गरेको छ । जसले गर्दा सर्वसाधारण यात्रुहरूले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता  छ ।

घाम लाग्दा धुलाम्य भएर यात्रा गर्न सकिए पनि पानी पर्दा भने सडक हिलाम्य बन्दा यात्रुले धेरै सास्ती भोग्नु परेको छ ।  सडक हिलाम्य बन्दा दुर्घटनाको जोखिम बढेको छ भने कहिलेकहीँ सवारीसाधनको लामो जामले यात्रुहरूले हैरानी खेप्नु परेको छ ।

संघीय राजधानी काठमाडौंबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बीपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दुरीसँग यो राजमार्ग जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै कोशी प्रदेश र मधेश प्रदेशका नागरिक काठमाडौं आउजाउ गर्दछन् ।

यसैगरी चीनसँगको छोटो दुरीको नाका सिन्धुपाल्चोकको तातोपानीसँग पनि यो राजमार्ग जोडिएको छ ।

default

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?