
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘यो मन त मेरो नेपाली हो’को ट्रेलर सार्वजनिक भएको छ, जसले नेपाली भाषा र संस्कृतिको संरक्षणको संघर्ष देखाउँछ।
- निर्देशक नर प्रधानले नेपाली भाषाको संरक्षण र संस्कृति जोगाउने कथा प्रस्तुत गर्ने बताए।
- फिल्म असार २७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ ।
नर प्रधान ‘मित्र’ निर्देशित फिल्मले नेपाली भाषा, कला, संस्कृति जोगाउन पात्रहरूले गर्ने संघर्षको कथा भन्छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे खुलासा गर्छ । भुटानबाट लखेटिएका नेपालीभाषीको शरणार्थीको रुपमा नेपाल बसाइ र तेस्रो देशको रुपमा अमेरिका पुनर्वासको कथा यसमा छ ।
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक प्रधानले नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तु फिल्मले पेश गर्ने बताए ।
फिल्मको पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । ज्ञानबहादुर प्रधान यसका निर्माता हुन् । फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, आयुशा समाल, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतको अभिनय छ ।
‘यो मन त मेरो नेपाली हो’ असार २७ गतेदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4