+
+
Shares

डोल्पा पहिरो : ५५ घर र एक विद्यालयमा क्षति

गाउँभन्दा करिब ५०० मिटर माथिबाट लेदो सहित खसेको पहिरोले तीन वटा घर पूर्णरूपमा, १२ वटा घर आंशिक रूपमा र ४० वटा घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते २१:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पामा पहिरोले ५५ घरधुरीमा क्षति पुर्‍याएको छ, जसमा तीन घर पूर्ण रूपमा नष्ट भएका छन्।
  • पहिरोले विद्यालय र घरहरूमा करिब १ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति गरेको छ, र प्रहरी उद्धारमा खटिएको छ।
  • यसैगरी, त्रिपुरासुन्दरी नगरपालिका-३ मा बाढीले घर र जमिनमा क्षति पुर्‍याएको छ।

१३ असार, काठमाडौं । डोल्पामा गएको पहिरोले ५५ घरमा क्षति पुर्‍याएको छ ।

बिहीबार राति करिब साढे १२ बजेको समयमा काइके गाउँपालिका-४ रिवा गाउँमा पहिरो खसेको हो ।

गाउँभन्दा करिब ५०० मिटर माथिबाट लेदोसहित खसेको पहिरोले तीन वटा घर पूर्ण रूपमा, १२ वटा घर आंशिक रूपमा र ४० वटा घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टोपेन्द्र बुढामगरले अनलाइनखबरलाई जानकारी दिए ।

पहिरोबाट करिब १ करोड ७३ लाख मूल्य बराबरको धनमाल क्षति भएको उनले बताए ।

पहिरोले काइके गाउँपालिका-४ का २१ वर्षीय मनराज बिक, ३२ वर्षीय सुरेन्द्र बिक र ५० वर्षीय धनलाल बिकको घर पूर्ण रूपमा क्षति पुगेको उनले बताए । प्रारम्भिक अनुसन्धान अनुसार तीनैजनाको करिब ३६ लाख मूल्य बराबरको क्षति पुगेको उनले बताए ।

आंशिक रूपमा १२ वटा घरमा क्षति पुग्दा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ भने सामान्य रूपमा ४० वटा घरमा क्षति पुग्दा करिब ९८ लाख रुपैयाँ बराबरको क्षति पुगेको बुढामगरले बताए ।

यसैगरी पहिरोले एक विद्यालयमा समेत क्षति पुर्‍याएको छ । पहिरोले रिवागाउँस्थित पुथा आधारभूत विद्यालय भवन पूर्ण रूपमा क्षति पुगेको उनले बताए ।

उनका अनुसार पहिरोले विद्यालयमा रहेका कम्प्युटर, फोटोकपी मेसिन, सीसीटीभी लगायतमा पनि क्षति पुगेको छ । पहिरोबाट विद्यालयमा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।

बुढामगरका अनुसार घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारका लागि खटिएको छ ।

बाढीले त्रिपुरामा पनि क्षति

यसैगरी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-३ भित्तीस्थित खोर खोलामा आएको बाढीले तटबन्द निमार्णका लागि राखिएका ८५ थान जाली बगाएरको छ ।

त्रिपुरासुन्दरी नगरपालिका-३ का लालबहादुर दमाई, शुद्व दमाई र जयकुमार कठायतको घरमा बाढी पसेर क्षति पुगेको छ ।

बाढीले कर्णवीर बोहरा, झक्कु दमाई, विष्णु बोहरा,फुक्कु दमाईको तरकारी बाली तथा खेतमा क्षति पुर्‍याएको छ । यसैगरी बाढीले वडा नम्बर २ मधुस्थित बाघबहादुर बुढा लगायत १२ घरधुरीको करिब ५/६ रोपनी जमिनमा क्षति पुर्‍याएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?