
१४ असार, धनगढी । कैलालीमा प्रहरीले दुईवटा भरूवा बन्दुक बरामद गरेको छ ।
गौरीगंगा नगरपालिका–७ महुलियामा रहेको निराजन सामुदायिक वन क्षेत्रमा लुकाएको अवस्थामा भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।
उनका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले शुक्रबार राति साढे ११ बजेतिर बन्दुक बरामद गरेको हो ।
तीमध्ये एउटा बारूद लोड गरिएको अवस्थामा रहेको थियो भने अर्को नाल भाँचिएर दुई टुक्रा भएको अवस्थामा फेला परेको छ ।
बरामद बन्दुक आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मसुरियामा सुरक्षित राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4