
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा तरुण दलका असन्तुष्ट पक्षले आमरण अनशन सुरु गरे।
- असन्तुष्ट पक्षले तदर्थ समितिको भंग र निर्वाचन प्रक्रिया ढिलाइको कारण देखाएको छ।
- पार्टीले सोमबार बैठक आह्वान गरी तदर्थ समितिको अवधि थप्ने तयारी गरेको छ।
१५ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नु एक दिन अघिदेखि पार्टी कार्यालय सानेपामा तरुण दलका असन्तुष्ट समूहले आमरण अनशन सुरु गरेको छ ।
विद्वान गुरुङको नेतृत्वमा रहेको तदर्थ समिति भंगको माग गर्दै आइतबारदेखि आमरण अनशन सुरु गरिएको छ ।
केन्द्रीय कार्यालयको मूल गेटमा रोजन राई र अम्बिका बाँस्कोटाले आमरण अनशन सुरु गरेका हुन् ।
असन्तुष्ट पक्षले वर्तमान समिति भंग गर्नका लागि ६ बुँदे कारण देखाएको छ । सबै तहको निर्वाचन सकिएको तीन महिना हुँदै गत चैत मसान्तसम्मको अवधिसम्म महाधिवशेन गर्न नसकेको असक्षम रहेको बताइएको छ ।
अध्यक्ष गुरुङले तरुण दलको भवन आफूखुसी भत्काएको, गणेशमान सिंह प्रतिष्ठान भवन निर्माणका लागि छुट्याइएको बजेटको गलत प्रचार गरेको लगायतका कारण देखाइएको छ ।
कांग्रेसको सोमबारदेखि केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ । पार्टीले तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको लागि एक पटकका लागि पुन: अवधि थप्ने तयारी गरेको छ ।
प्रतिक्रिया 4