+
+
Shares

विलासिता करविरुद्ध शिल्प व्यवसायी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले विलासिता कर र मूल्य अभिवृद्धि कर खारेजीको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको छ।
  • संघले सरकारले माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने बताएको छ ।

१५ असार, काठमाडौं । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले विलासिता करविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएको १३  प्रतिशत मूल्य अभिवृद्धि कर खारेजीको माग राखेर संघले आन्दोलन घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष केशवबहादुर सुनारले सरकारले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै चरणबद्ध आन्दोलनमा जानुपरेको बताए ।

उनले अगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गरगहनामा लगाइएको विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज नगर्नेसम्म आन्दोलन नछोड्ने बताए ।

उनले सुनचाँदीका गरगहनामा अनावश्यक कर लगाउँदा साना व्यवसायी तथा उपभोक्ता मारमा पर्नेतार्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने तथा सुनचाँदीको कारोबारको लागि प्रष्ट नियमावली बनाउन समेत माग गरे ।

सुनारका अनुसार संघले भोलिदेखि चरणबद्ध आन्दोलन गर्ने बताए ।

ललितपुर संघ, भक्तपुर संघ, हस्तकला संघ, शिल्प व्यवसायी संघ  र कला व्यवसायी संघले समेत आन्दोलन गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?