
१६ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदै छ । विधान अनुसार दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो ।
दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विषयमा छलफल गर्ने एजेण्डा छ ।
साथै, १०० दिने अभियानमा खटिएका प्रतिनिधिको रिपोर्ट पेस हुने छ । पार्टीबाट प्रदेशमा सरकारमा गएका मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयले गरेका कामको जानकारी पनि दिने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4