+
+
Shares

तेह्रथुम पावरको हकप्रद सेयर खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते ११:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुम पावर कम्पनीले ४० लाख हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
  • जेठ ४ गतेसम्म कायम रहेका सेयरधनीलाई आवेदन दिन अनुरोध गरेको छ।
  • कम्पनीले गत चैत मसान्तसम्म २ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ।

१६ असार, काठमाडौं । तेह्रथुम पावर कम्पनीको शत प्रतिशत हकप्रद सेयरमा आवेदन खुलेको छ । जेठ ४ गतेसम्म कायम सेयरधनीले यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले कुल ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । बिक्री प्रवन्धकमा नविल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ । आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ ।

हकप्रद सेयर निष्कासन गरेको यो कम्पनीले गत चैत मसान्तसम्म २ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३६ पैसा छ । बजार मूल्य प्रतिकित्ता ४१० रुपैयाँ हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?