+
+
Shares

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, अनुमोदनको निर्णय ‘होल्ड’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १४:२४
सोमबार बसेको संसदीय सुनुवाइ समिति बैठक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्चको न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ सकिएको छ।
  • उजुरीमाथिको सुनुवाइ सकिएपछि निर्णय गर्न अर्को बैठक बस्नेछ, तर मिति तय भएको छैन।
  • सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित न्यायाधीश मेघराज पोखरेलको राजनीतिक र व्यापारिक संलग्नता विषयमा प्रश्न उठाएका थिए।

१६ असार, काठमाडौं । सर्वोच्चका प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ सकिएको छ ।

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित न्यायाधीश मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापामाथि सुनुवाइ सकिए पनि अनुमोदनको निर्णय भने भएको छैन ।

उनीहरूविरुद्ध परेका उजुरीमाथि लगातार सुनुवाइ भइरहेको थियो । समिति सभापति ईश्वरी देवी न्यौपानेका अनुसार, आजबाट उजुरीमाथिको सुनुवाइ सकिएको छ ।

‘उहाँहरूको कार्ययोजना सुन्यौं । अब निर्णय गर्नका लागि अर्को दिन बस्छौं,’ उनले भनिन् ।

तर, अर्को बैठक कहिले बस्ने भन्नेबारे तय नभइसकेको उनले बताइन् ।

समिति स्रोतका अनुसार सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीश मेघराज पोखरेलको सन्दर्भमा केही सांसदहरूले प्रश्न उठाएका थिए ।

पोखरेलको राजनीतिक र व्यापारिक संलग्नताको विषयमा केही सांसदले कुरा उठाएका थिए ।

एमाले मुख्य सचेतक महेश बर्तौलाले सुनुवाइका क्रममा उनलाई न्यायाधीश बन्ने लाइनबाट अलग हुन सुझाव नै दिएका थिए ।

‘मेरो व्यक्तिगत मत के हो भने यो प्रक्रियाबाट तपाईं अलग्गिनु राम्रो हुन्छ,’ बर्तौलाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?