+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कांग्रेसका चार भ्रातृ संस्थाले गरे महाधिवेशनको मिति प्रस्ताव

भ्रातृ संस्थाहरुको महाधिवेशन गराउनका लागि कार्यादेश तयार गर्ने जिम्मेवारी महामन्त्री विश्वप्रकाश शर्मालाई दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका पाँच भ्रातृ संस्थाले महाधिवेशन मितिको प्रस्ताव गरेका छन्।
  • केन्द्रीय समिति बैठकले प्रस्तावित मितिहरू अनुमोदन गरेपछि अधिवेशन गरिनेछ।
  • अधिवेशनको म्याद थप्ने निर्णय र जिम्मेवारी पार्टीको नेतृत्वले लिने भएको छ।

१६ असार, काठमाडौं । नेपाली कांग्रेसका पाँच भ्रातृ संस्थाले महाधिवेशन गर्ने मिति पार्टीमा प्रस्ताव गरेका छन् । पार्टीको महाधिवेशनको मितिका लागि मिति प्रस्ताव गर्न निर्देशन दिएपछि पाँच भ्रातृ संस्थाले समय तोकेका हुन् ।

पार्टीको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाहरुको म्याद उनीहरुले तय गरेको समय अनुसार थप्ने छलफल गर्ने भएको छ । प्रस्तावित मितिलाई केन्द्रीय समितिले अनुमोदन गरेपछि भ्रातृ संस्थाले तोकिएको समयमा महाधिवशेन गर्नुपर्नेछ ।

तरुण दलले मंसिर २६ देखि महाधिवशेन गर्ने प्रस्ताव पार्टीमा बुझाएको छ । किसान महासंघले भाद्रको ३ गते देखि महाधिवेशन गर्ने जानकारी पार्टीलाई गराएको छ ।

थारु संघले दुईटा मिति प्रस्ताव गरेको छ । भाद्र २८ र असोज २५ प्रस्ताव गरेर पार्टीलाई जानकारी गराएको छ । लोकतान्त्रिक खेलकुद संघ भाद्र ३० र ३१ गते प्रस्ताव गरेको छ । नेविसंघ, महिला संघ र दलित संघले भने महाधिवशेनको मिति पार्टीलाई प्रस्ताव गरिसकेका छैनन् ।

यो वर्षको माघसम्म सबै भ्रातृ संस्थाको अधिवेशन गर्ने गरी पार्टीले सहजीकरण गर्ने महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठकमा जानकारी गराएका थिए ।

‘फेरि भ्रातृ संस्थालाई तिम्रो म्याद २/४/५ महिनामा अधिवेशन गर भनेर सीमा लगाउनुहुन्थ्यो । फेरि त्यो म्याद थपिन्थ्यो, अधिवेशन हुन सक्दैन,’ महामन्त्री थापाले पार्टी बैठकमा भने,‘पार्टीको जिम्मेवार नेताहरुलाई निर्देशक समिति भनेर बनाएर जिम्मा दिएका छौं । त्यसैले अधिवेशन गराउने जिम्मेवारी मूलत: पार्टीले लिनुपर्यो । पार्टी भनेको अहिलेलाई पार्टीको तर्फको जिम्मेवारी लिएर बस्ने निर्देशक समिति भयो ।’

प्रस्ताव गर्न बाँकी रहेका भ्रातृ संस्थाले महाधिवेशनको मिति तोकेर पार्टीलाई जानकारी बैठककै वीचमा गराउने अपेक्षा महामन्त्री थापाले राखे ।

महामन्त्री थापाले भने,‘ ‘मोटामोटी माघ मसान्त भित्रमा सबैको अधिवेशन सम्पन्न गर्ने अवस्था बन्छ । पहिलाको जस्तो चैत मसान्त, फागुन मसान्त, माघ मसान्त भनेर होइन ।छुट्टाछुट्टै प्रतिवेदन पेश भएको आधारमाा समयावधि थपिन्छ ।’

भ्रातृ संस्थाहरुको महाधिवेशन गराउनका लागि कार्यादेश तयार गर्ने जिम्मेवारी महामन्त्री विश्वप्रकाश शर्मालाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?