+

खेलकुदको पछिल्लो विवादप्रति खेलाडी संघको ध्यानाकर्षण

२०८२ असार  १७ गते १२:५९ २०८२ असार १७ गते १२:५९
खेलकुदको पछिल्लो विवादप्रति खेलाडी संघको ध्यानाकर्षण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी बीचको विवादले खेलाडीको अन्तर्राष्ट्रिय सहभागितामा समस्या देखिएको छ।
  • संघले जिम्मेवारीबोध गर्दै समस्या समाधान गर्न र खेलाडीको सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ।
  • ओलम्पिक कमिटीले खेल दर्ताका लागि जानकारी दिने पत्रकार सम्मेलन गर्ने र मन्त्रालयले तयारी गरिरहेको बताएको छ।

१७ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीचको पछिल्लो विवादले खेलाडीलाई मार पर्ने सम्भावना बढेको भन्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गम्भीर ध्यानाकर्षण गराएको छ।

संघले एक विज्ञप्ति जारी गर्दै विगतमा पनि संस्थागत र नेतृत्वगत विवादले खेलाडीको भविष्य र अवसरमा प्रत्यक्ष असर पार्ने गरेको भन्दै चिन्ता व्यक्त गरेको छ।

अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी मर्कामा पर्दा नेतृत्व गरिरहेका पदाधिकारीको औचित्यमाथि प्रश्न उठ्छ। अहिलेको विवादको जिम्मा कोसँग छ भन्नेभन्दा पनि खेलाडीको अन्तर्राष्ट्रिय सहभागिता सुनिश्चित गर्नु सबै पक्षको साझा दायित्व हो।’

सन् २०२५ मा सेनेगलमा हुने युथ ओलम्पिक र २०२६ मा जापानमा हुने एसियाली खेलकुदमा नेपाली खेलाडी सहभागी हुन नपाउने खतरा देखिएको भन्दै संघले तत्काल पहल गर्न सरोकारवालालाई आग्रह गरेको छ।

संघले युवा तथा खेलकुद मन्त्रालय, राखेप, एनओसी र सम्बन्धित संघहरूलाई जिम्मेवारी बोध गर्दै समस्या समाधान गरेर खेलाडीको सहभागिता सुनिश्चित गर्न अनुरोध गरेको छ।

जुन ३० (हिजो) सम्म एसियन गेम्सका लागि खेल दर्ता गर्ने समयसीमा थियो । खेल संघहरूले ओलम्पिक कमिटीलाई पत्र पठाएर खेल दर्ता गराउन जानकारी गराएको थियो ।

ओलम्पिक कमिटीले खेल दर्ता बारेमा आज पत्रकार सम्मेलन गर्दै आधिकारिक जानकारी दिने जनाएको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चाैधरीले सोमबार मन्त्रालयमा आयोजित खेलकुद नीति सार्वजनिक गर्ने कार्यक्रममा नेपालले एसियन गेम्सका लागि तयारी गरिरहेको र खेल दर्ता हुने बताएका थिए ।

एनएनआईपीए
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय