+

राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक

२०८२ असार  १६ गते १४:२५ २०८२ असार १६ गते १४:२५
राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद नीति २०८२ सोमबार काठमाडौंमा सार्वजनिक भयो।
  • मन्त्री तेजुलाल चौधरी र सचिव डा हरि प्रसाद लम्सालले नीति प्रस्तुत गरे।
  • यो नीति खेलकुद क्षेत्रमा समावेशीता र व्यवसायीकरणलाई प्राथमिकता दिन्छ।

१६ असार, काठमाडौं । राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक भएको छ ।

युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा सोमबार आयोजित एक कार्यक्रममा मन्त्री तेजुलाल चाैधरी र सचिव डा हरि प्रसाद लम्सालले खेलकुद नीति सार्वजनिक गरेका हुन् ।

राष्ट्रको खेलकुद नीतिमा सबैलाई समेट्ने प्रयास स्वरुप यो नीति सार्वजनिक भएको सचिव लम्सालले जानकारी दिए । यो नीति गत असार ९ गते मन्त्रीपरिषदबाट पारित भएको थियो ।

मन्त्री चौधरीले नेपालको खेलकुद क्षेत्रमा नीतिगत समन्वय, स्पष्ट अधिकार, पूर्वाधारको समान पहुँच, समावेशी सहभागिता, खेलकुद क्षेत्रको व्यवसायीकरणको खाँचो तीव्र रूपमा महसुस भएकाले यो नीति ल्याइएको बताए ।

‘मुख्य उद्देश्य भनेको संघ, प्रदेश र स्थानीय तहसम्मै प्रस्ट रूपले जिम्मेवारी र समन्वय सहितको मार्ग तयार गर्नु हो’ मन्त्री चौधरीले भने ।

नीतिमा ६ वटा उद्देश्य, १४ वटा नीति, २३ वटा रणनीति र तिनै आधारमा बनाइएको ९२ वटा कार्यनीतिहरू समावेश छन् ।

यो नीति सार्वजनिक भएसँगै यसअघिको खेलकुद नीति २०६७ खारेज भएको छ ।

खेलकुद नीति

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय