+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपालमा केही भएन भन्ने निराशालाई चिर्नुको विकल्प छैन : सोबिता गौतम

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद सोबिता गौतमले निराशा बढ्दै गएकोमा चिन्ता गर्दै आगामी चुनौतीलाई चिर्दै जानुपर्ने बताए।
  • समृद्धिका लागि आर्थिक र सामाजिक दुवै पक्षमा जोड दिनु आवश्यक रहेको उनले उल्लेख गरिन्।
  • सांसद गौतमले युवालाई देशभित्रै बस्न र उद्यमशीलता प्रवर्द्धन गर्न आग्रह पनि गरिन्।

१७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले नेपालमा केही भएन भन्ने निराशा बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै त्यसलाई चिर्दै जानुपर्ने चुनौती रहेको टिप्पणी गरेकी छिन् ।

राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको ‘समृद्धिका साझा सवाल’ विषयक प्यानल छलफलका क्रममा गौतमले यस्तो बताएकी हुन् ।

परिषद्ले विभिन्न प्रदेशमा प्रादेशिक सम्मेलन सकेर काठमाडौंमा ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन–२०८२’ पारेर ‘समृद्धिका साझा सवाल’ विषयक छलफल चलाएको थियो ।

सो छलफलमा भाग लिन पुगेकी सांसद गौतमले समृद्धिलाई आर्थिक रुपमा मात्रै लिन नहुने बताइन् । यसका लागि युवा पुस्ताले देश छाड्न नहुने सांसद गौतमको भनाइ थियो ।

‘नेपालमा केही पनि भएन त भन्ने निराशा छ । त्यसलाई चिर्दै अघि बढ्नुको विकल्प छैन । हाम्रो पुस्ता भनेको अघिल्लो व्यवस्थाको थोरै कुरा स्मरणमा छ,’ सांसद गौतमले भनिन्, ‘तर, अधिकांश हामीले बुझ्ने भएपछि गणतन्त्रपछिको नेपाल हो । यो अन्तरालमा हामीले देखेको कुरा के हो र त्यसलाई कसरी मुल्यांकन गर्न सकिन्छ भन्ने कुरा हो ।’

जनतामा छाएको चरम असन्तुष्टिका कारण हाम्रा भौतिक पूर्वाधार समयमा नसकिनु र आर्थिक समृद्धि नदेख्नु नै रहेको उनले बताइन् ।

‘हाम्रा समृद्धि भनेको चाहिँ आर्थिक मात्रै होइन । सामाजिक पनि हो । जनतालाई आजको दिनमा चाहिएको भनेको आर्थिक सँगसँगै सामाजिक फ्याक्टर पनि हो,’ गौतमले भने, ‘जनतामा छाएको चरम असन्तुष्टिको एउटा कारण भनेको चाहीँ हाम्रा भौतिक पूर्वाधार समयमा नसकिनु, आर्थिक समृद्धि नदेख्नु नै हो,’ सांसद गौतमले भनिन् ।

उनले राष्ट्रिय गौरवका आयोजनाको विषयमा पनि जनतामाथि झुटा आशा मात्रै दिने काम राजनीतिक दल र नेतृत्वबाट भएको उनको भनाइ थियो ।

‘जनतालाई किन झुटो आशा मात्रै देखिएको ? किन यथार्थमा नगएको ? यथार्थमा आएर जिरोबाट सुरु गर्नुपर्ने बेला छ । मूलभूत रुपमा वृहत्तर रुपमा समृद्धिका परिभाषा लामो हुन्छ । नेपालमा भएका जनसंख्याको मेजोरिटिको के कुरा छ त्यसमा लाग्नुपर्ने हुन्छ,’ सांसद गौतमले भनिन् ।

सांसद गौतमले देश छाडेर युवाहरू पलायन हुँदा कसले देश बनाउने ? भन्दै प्रश्न गरिन् ।

‘मान्छे आफू, परिवार र समाज समृद्ध बनाउन लाग्नुपर्ने छ । तयसका लागि युवा देशभित्रै बस्नुपर्छ । सबैले देश छाडेर जाने हो भने बनाउने चाहिँ कसले त ? देशभित्र जनशक्ति बस्ने वातावारण राज्यले सिर्जना गर्नुपर्छ,’ सांसद गौतमले भनिन् ।

विशेषगरी उद्यमशीलता, रोजगारी, पर्यावरण, समानतामूलक समाज बनाउने लगायतका कुरा युवाले गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद गौतमसहित एमाले सांसद पदम गिरी, कांग्रेस सांसद उदयशमशेर जबरा र माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोध उक्त प्यानल छलफलमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?