+
+
Shares

कोरोना महामारीपछि ५४६ भारतीयले गरे हुम्लाबाट मानसरोवर दर्शन (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते ९:२८
 नेपालगञ्जदेखि सीता, समिट, तारा एयरलाइन्सबाट सिमकोट विमानस्थल आउँदै गरेका भारतीय तीर्थयात्रीहरू

१८ असार, हुम्ला । चार महिनाको अवधिमा ५४६ जना भारतीय तीर्थयात्रीहरूले हुम्लाबाट मानसरोवर कैलाश दर्शन गरेका छन् ।

कोरोना महामारीले हुम्लाको हिल्सा नाका पाँच वर्षदेखि बन्द हुँदा भारतीय तीर्थयात्री आउजाउ बन्द थियो । खुलेसँग उनीहरु दर्शनका लागि आउन थालेका हुन् ।

चीनले हिल्सा नाका खोलेपछि सिमकोट विमानस्थलस्थल हुँदै  हिल्सानाकाबाट २४८ महिला र २९८ पुरूष गरी ५४६ जनाले मानसरोवर कैलाश दर्शन गरेका हुन् ।

०८१ साल चैत ४ बाट सिमकोट विमानस्थल हुदै भारतीय तीर्थयात्री भित्रिन सुरू भएको सिमकोट सुरक्षा गार्ड प्रहरीले जनाएको छ ।

नाका खोलिएयता ५४६ जनाले हुम्ला हुँदै चीनको मानसरोवर कैलाश दर्शन गरेको सिमकोट सुरक्षा गार्ड प्रहरी चौकी इन्चार्ज गणेशबहादुर डाँगीले बताए ।

हेलिकप्टरबाट २८९ जना र अन्य गाडीबाट हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्न गएको उनको भनाइ छ ।

तेस्रो मुलुकबाट १०३ जना सिमकोट विमानस्थल हुँदै भित्रिको इन्चार्ज डाँगीले बताए ।

दैनिक सीता, समिट, तारा एयरलाइन्सबाट नेपालगन्ज हुँदै भारतीय तीर्थयात्री हुम्ला आउन थालेका छन् ।

सिमकोट विमानस्थलबाट हिल्सासम्म कैलाश ,माउन्टेन , प्रभु एयरलाइन्सको हेलिकप्टरले भारतीय तीर्थयात्री ओसारपसार गर्ने गरेका छन् ।

नेपालगञ्जदेखि सीता, समिट, तारा एयरलाइन्सबाट सिमकोट विमानस्थल पुगेका भारतीय तीर्थयात्रीहरू । तस्वीर : नरजन तामाङ/हुम्ला

  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?