
१८ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सभामुख र प्रधानन्यायाधीश निवास निर्माण गर्ने भएको छ ।
सहरी विकास मन्त्रालयले आगामी आवमा अतिविशिष्ट पदाधिकारीको आवास निर्माण गर्ने कार्य अन्तर्गत ती भवन बनाउन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
आगामी आवमा मन्त्रालयले नवलपुर जिल्लामा संघीय सरकारी कार्यालय भवन र अन्य पूर्वाधार निर्माणको कामलाई समेत निरन्तरता दिने बताएको छ ।
श्री महल भवनको पुनर्निर्माणको काम सुरु गर्ने योजना मन्त्रालयको छ । राष्ट्रिय कितावखाना र मानव अधिकारी आयोगको भवन निर्माणको काम समेत आगामी आवबाट सुरु गरिने भएको छ । यस आवमा संघीय संसद भवन निर्माण, इन्टेरियरसहितको काम अन्तिम चरणमा पुर्याउने समेत मन्त्रालयको योजना छ ।
सिंहदरबार परिसरको स्वीकृत गुरुयोजना कार्यान्वयन अन्तर्गत शहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको भवन निर्माणको काम समेत आगामी आवबाट सुरु गरिने भएको छ ।
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल तथा मनोरन्जन पार्क निर्माण समेत अगाडी बढाउने मन्त्रालयले स्पष्ट पारेको छ ।
नयाँ बानेश्वर क्षेत्रमा सौन्दर्यकरणको योजना समेत राखिएको छ । आगामी आवमा कान्ती बाल अस्पताल भवनको पुनर्निर्माण थालिने भएको छ ।
प्रतिक्रिया 4