+
+
Shares

झापामा फेरि जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो

झापामा प्रत्येक वर्ष हात्ती आक्रमणका घटनाहरू बढ्दै गएका छन् । चालु आर्थिक वर्षको अवधिमा मात्रै झापामा जंगली हात्तीको आक्रमणबाट ६ जनाले ज्यान गुमाइसकेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते ८:३९
Photo Credit : Istock

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको बिर्तामोडमा बिहीवार बिहान जंगली हात्तीको आक्रमणबाट ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको छ ।
  • असार ६ गते पनि झापाकै मेचीनगरमा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको थियो।
  • झापामा चालु आर्थिक वर्षमा ६ जनाले हात्तीको आक्रमणमा ज्यान गुमाइसकेका छन् ।

१९ असार, झापा । झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–७ का ५९ वर्षीय लोकप्रसाद लिम्बूको बिहीवार बिहान (आज) हात्तीको आत्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ । बिहान करिब ३ बजे शौचालय जाँदै गर्दा लिम्बूलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।

यसअघि असार ६ गते मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट अर्का एक जनाको ज्यान गएको थियो ।

झापामा प्रत्येक वर्ष हात्ती आक्रमणका घटनाहरू बढ्दै गएका छन् । चालु आर्थिक वर्षको अवधिमा मात्रै झापामा जंगली हात्तीको आक्रमणबाट ६ जनाले ज्यान गुमाइसकेका छन् ।

जंगली हात्तीको आतंक नियन्त्रण गर्न सम्बन्धित निकायलाई स्थानीयवासीले पटक–पटक आग्रह गरे पनि समस्या समाधानमा कुनै प्रभावकारी पहल नदेखिएको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?