+
+
Shares

ई-कमर्स वाणिज्य विभागमा अनिवार्य सूचीकृत हुनुपर्ने, २ साउन अन्तिम म्याद

विभागले बिहीबार सूचना जारी गर्दै विद्युतीय माध्यमबाट सामान वा सेवा कारोबार गर्ने व्यवसायीलाई आफ्नो व्यवसाय अनिवार्य २ साउनभित्र दर्ता गर्न आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विभागले विद्युतीय व्यापार गर्ने व्यवसायीलाई २ साउनभित्र अनिवार्य दर्ता गर्न आग्रह गरेको छ।
  • स्रोत अनुसार, ऐन लागु भएदेखि तीन महिनाभित्र व्यवसायीहरूले पोर्टलमा सूचीकृत हुनुपर्नेछ।
  • व्यवसायीले आफ्नो व्यवसायको विवरण, दर्ता प्रमाणपत्र, सम्पर्क जानकारी र आवश्यक कागजातहरू अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ।

१९ असार, काठमाडौं । विद्युतीय माध्यमबाट सामान वा सेवा कारोबार गर्ने व्यवसायी अब वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको विद्युतीय व्यापार पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने भएको छ ।

विभागले बिहीबार सूचना जारी गर्दै विद्युतीय माध्यमबाट सामान वा सेवा कारोबार गर्ने व्यवसायीलाई आफ्नो व्यवसाय अनिवार्य २ साउनभित्र दर्ता गर्न आग्रह गरेको छ ।

सूचना प्रविधि प्रयोग गरेर हुने किनबेच नियमन गर्न र उपभोक्ता हित सुरक्षित राख्न सरकारले २ वैशाख २०८२ देखि ‘विद्युतीय व्यापार (ई-कमर्स) ऐन २०८१’ लागु गरेको छ । यो ऐन ३ चैत २०८१ मा राजपत्रमा प्रकाशित भएको थियो ।

कानुन अनुसार विद्युतीय माध्यमबाट व्यापार गरिरहेका पुराना व्यवसायीहरू उक्त ऐन लागु भएको मितिले तीन महिनाभित्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको विद्युतीय व्यापार पोर्टलमा अनिवार्य रुपमा सूचीकृत हुनुपर्छ । नयाँ व्यवसायीले पनि अनिवार्य रूपमा सूचीकृत गरेरमात्र व्यवसाय गर्नुपर्ने कानुनी व्यवस्था छ ।

विद्युतीय व्यापार गरिरहेका र नयाँ सुरुवात गर्ने व्यवसायीले ऐनको दफा ४ को उपदफा (२) बमोजिमका विवरण भएको आफ्नो विद्युतीय प्लेटफर्म तयार गरी सोही ऐनको दफा ५ बमोजिम कागजातको विद्युतीय प्रतिसहित विभागको पोर्टलमा सूचीकृत हुनका लागि विद्युतीय निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

विभागले बिहीबार सूचना जारी गर्दै विद्युतीय माध्यमबाट सामान वा सेवा कारोबार गर्ने व्यवसायीलाई आफ्नो व्यवसाय अनिवार्य २ साउनभित्र दर्ता गर्न आग्रह गरेको छ ।

विद्युतीय प्लेटफर्ममा सूचीकृत हुन विद्युतीय प्लेटफर्मको नाम, व्यवसायको नाम, ठेगाना, दर्ता भएको निकाय र दर्ता प्रमाणपत्र नम्बर, व्यवसायीको रजिस्टर्ड कार्यालय, प्रधान कार्यालय र कारोबार हुने शाखा तथा आउटलेट भए त्यसको समेत विवरण, कुनै खास किसिमको व्यवसाय सञ्चालन गर्न छुट्टै अनुमति प्राप्त गरेको भए त्यसको विवरण, मध्यस्थ वा सूचीमा आधारित व्यापारमध्ये कुन व्यवसाय गर्ने हो त्यसको विवरण तथा मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता नम्बर वा स्थायी लेखा नम्बर (पान) उल्लेख गर्नुपर्छ ।

त्यसैगरी व्यवसायीलाई सम्पर्क गर्ने, इमेल, टेलिफोन, मोबाइल नम्बर, टेलिफ्याक्स, सामाजिक सञ्जालको ठेगाना (लिंक) र ग्राहक सेवाका लागि निर्धारित इमेल, टेलिफोन तथा मोबाइल नम्बर, गुनासो सुनुवाइ गर्ने जिम्मेवार व्यक्ति वा गुनासो एकाइको इमेल, टेलिफोन वा मोबाइल नम्बर र ठेगाना, विद्युतीय व्यापार पोर्टलमा सूचीकृत भएपछि प्राप्त सूचीकरण पनि उल्लेख गर्नुपर्छ ।

त्यसैगरी विद्युतीय व्यापार पोर्टलमा सूचीकरण हुन व्यवसायको नाम ठेगाना दर्ता भएको निकाय दर्ता प्रमाणपत्र नम्बर, प्राइभेट फर्ममा दर्ता भएको फर्मको व्यवसायीका हकमा सम्बन्धित प्रोप्राइटरको साझेदारी फर्ममा दर्ता भएको व्यवसायीका हकमा साझेदारको र कम्पनी वा संस्थाको हकमा कम्पनी वा संस्थाको सञ्चालकको नाम र निजको पहिचान खुल्ने विवरण, व्यवसायीको आफ्नो व्यवसायको स्पष्ट विवरण, भ्याट नम्बर वा पान नम्बर, व्यवसायीको टेलिफोन नम्बर, इमेल सामाजिक सञ्जालको ठेगाना (लिंक) र सम्पर्क ठेगाना, शाखा वा आउटलेट भएको खण्डमा त्यसको संख्या र रहने स्थान एवं विद्युतीय पोर्टलमा उल्लेख भएका अन्य विवरण आवश्यक पर्ने कागजात हुन् ।

हेर्नुहोस् सूचना  :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?