+
+
Shares

हतारमा बाफिया पास गरेर सुखद परिणाम आउँदैनः कार्की

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते १३:४७

१९ असार, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारामा बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) पास गर्दा सुखद परिणाम नआउने तर्क गरेका छन् ।

बिहीवारको अर्थ समितिमा भएको बाफियासम्बन्धि विधेयकको छलफलमा भाग लिँदै उनले गम्भीरताका साथ अन्तर्र्राष्ट्रिय प्रचलनअनुसार कानुनहरू निर्माण गर्नुपर्ने र त्यसबाट मात्रै अर्थतन्त्र बलियो हुने बताएका हुन् ।

सांसद कार्कीकाअनुसार अर्थतन्त्र सुधारोन्मुख गराउन बाफिया विधेयकमाथि व्यापक रूपमा नयाँ ढंगले छलफल गरेर जानुपर्छ ।

‘बाफियामा व्यापाक सुधार गरेर गर्नुपर्छ, जसले मुलुकको सुस्त रूपमा रहेको अर्थतन्त्रलाई गति दिन सक्नुपर्छ,’ उनले भने, ‘न्यून स्तरका कृषक, स्टार्टअपलाई कर्जा दिएर कसरी दिन सकिन्छ यसबारे सोच्नुपर्छ । गभर्नरसहित अर्थमन्त्रीलाई आवासीय कार्यक्रम राखेर बाफिया विधेयकमा छलफल गर्नुपर्छ ।’

कृषिमा आधारित अर्थतन्त्र रहेको देशमा चामलमा आत्मनिर्भर बनाउन कृषिमा कसरी लगानी गर्नसक्छौं भन्नेबारे सोच्न उनले आग्रह गरे ।

उनले बैंकप्रति जनताको भरोसा बढेर जानेगरी काम गर्नुपर्ने बताए ।

‘बैंकमाथि जनताको भरोसा बढेर जानुपर्छ । यसमा ह्रास आयो भने राज्य फेल हुन्छ । बैंकमा तरलता छ तर कुनै व्यवसायी पैसा लिएर व्यवसायमा लगानी गर्न हिच्किएका छन् । उद्यमी व्यवसायीले पैसा लिने वातावरण नबनेसम्म अर्थतन्त्र बलियो हुन सक्दैन,’ उनले भने ।

ऋण लिन अहिले पनि जनतालाई सहज नरहेको उल्लेख गर्दै सांसद कार्कीले भने, ‘एक करोड तल ऋण लिन बैंकमा जनता जाँदा पाउन कठिन भइरहेको छ । धितोका नाममा धेरै दुःख दिने काम भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?