+
+
Shares

बागमती प्रदेश सभाको बैठक २ बजे, सभामुख सर्वदलीय छलफलमा

सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएपछि बैठक सारिएको सभा सचिव रामकुमार पाैडेलले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते १३:५२

१९ असार, हेटौंडा । बागमती प्रदेश सभाको बैठक बिहिबार दिउँसो २ बजे बस्ने भएको छ । विहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको हो ।

सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएपछि बैठक सारिएको सभा सचिव रामकुमार पाैडेलले जानकारी दिए ।

प्रदेशसभा नियमित सञ्चालन आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल अगाडि बढाउन सर्वदलीय बैठक बोलाइएको सभामुख पाठकले जानकारी दिए ।

प्रदेशसभा सचिवालयमा जारी बैठकमा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित राप्रपा, नेकपा (एकीकृत समाजवादी)का सांसदहरु लगायत सहभागी छन् ।

विपक्षी दलहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै सदन अवरुद्ध गर्ने चेतावनी दिँदै आएका छन् ।

बजेटमाथि छलफलका लागि यसअघि असार १२ र १६ गते बोलाइएको बैठक सञ्चालन हुन नसकेपछि आजका लागि सारिएको थियो ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्रै यसअघि बजेटको विषयलाई लिएर विवाद उत्पन्न भएपछि सदन सञ्चालन हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?