
News Summary
Generated by OK AI. Editorially reviewed.- रणवीर कपूरको फिल्म \'रामायण\'को पहिलो टिजर आज वर्ल्ड अफ रामायण युट्युब च्यानलमार्फत सार्वजनिक भयो।
- टिजरमा रणवीर कपूर भगवान राम र यशलाई रावणको भूमिकामा देखाइएको छ, जसमा भीएफएक्स प्रयोग गरिएको छ।
रणवीर कपूरको फिल्म ‘रामायण’को पहिलो टिजर सार्वजनिक भएको छ । निर्माताले वर्ल्ड अफ रामायण नामक युट्युब च्यानलमार्फत आज टिजर सार्वजनिक गरेको हो ।
टिजरमा रणवीर कपूरलाई भगवान राम र रकिङ स्टार यशलाई रावणको रूपमा देख्न सकिन्छ । ए आर रहमानको संगीतबाट सुरु हुने ३ मिनेट ८ सेकेन्डको टिजरमा फिल्मका दृश्यहरू खासै राखिएका छैनन् । भीएफएक्समार्फत पात्रहरूको लुक्स मात्र देखाइएको छ ।
नामित मल्होत्राको ब्यानर रहेको यो फिल्मलाई निर्देशक नितेश तिवारीको निर्देशन गरेका छन् । निर्माताले बताए अनुसार यो फिल्म दुई भागमा रिलिज हुनेछ । जसमध्ये पहिलो भाग सन् २०२६ को तिहार र दोस्रो भाग सन् २०२७ को तिहारमा रिलिज हुने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4