+
+
Shares

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते १४:३०

१९ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित गरिएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकको आवश्यक तयारी नपुगेको र महासचिवको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित गरिएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

‘तयारी पनि राम्रो पुगेको थिएन । फेरि महासचिवलाई अलिक सञ्चो पनि नभएकाले बैठक स्थगित गरिएको हो’, उनले भने ।

पार्टीका अर्का उपाध्यक्ष जगन्नाथ खतिवडाले भने, ‘हाम्रो गत १३ गतेदेखि बसेको केन्द्रLय सचिवालयको बैठक आज छोटो समय मात्रै बसेर स्थगित गर्‍यौं । सचिवालय सदस्यहरूको स्वास्थ्य समस्या आएका कारणले अरू समय बस्नसक्ने अनुकूलता भएन ।’

बैठकमा समसामयिक राजनीति परिस्थितिको विश्लेषण, पार्टी अध्यक्षमाथि अख्तियारले लगाएको मुद्दा र त्यो मुद्दासँग जोडिएका विभिन्न कानूनी पक्षहरुको चर्चा, विश्लेषण, पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल भएको उनले जानकारी दिए ।

अर्को बैठक २२ असारका लागि राखिएको छ । अध्यक्ष माधवकुमार नेपाल पतञ्जली जग्गा प्रकरणमा तानिएपछि पहिलोपटक सचिवालय बैठक बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?