
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले भ्रष्टाचारका आरोपितले विषवमन गर्दा टुलुटुल हेर्ने अवस्था आएको बताएका छन्।
- पूर्वमन्त्री मोहन बस्नेतलाई संकेत गर्दै पार्टीको मर्यादा र अनुशासनको सवाल उठाए।
१९ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले केन्द्रीय समितिको बैठकमा भ्रष्टाचारका आरोपितले विषवमन गर्दा अरु टुलुटुल हेर्ने अवस्था आएको बताएका छन् ।
सिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतप्रति संकेत गर्दै भ्रष्टाचारको मुद्दाको आरोपित भएर संसदले निलम्बन गरेका व्यक्ति पार्टीको भूमिकाबाट अलग बसेर पार्टीलाई थप रक्षात्मक हुनुपर्ने जिकिर गरे ।
पार्टीबाट अलग बसेर बस्नुको साटो केन्द्रीय समितिमा थप समय लिएर तथ्यहीन बोलेको उनको भनाइ थियो ।
‘प्रधानमन्त्री र स्वयं पार्टी सभापति, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारीहरू र विशेषगरी पार्टीका महामन्त्री विरुद्ध विषवमन गर्दा त्यसलाई टुलुटुलु हेरेर हामीले कस्तो नजिर स्थापित गर्न खोजेका हौं ?,’ केन्द्रीय समिति बैठकमा सिवाकोटीले भने, ‘कांग्रेसमा मर्यादा, अनुशासन, पदीय गरिमा भन्ने कुरा हुन्छ कि हुँदैन सभापतिज्यू ?’
पूर्वमन्त्री बस्नेतले बुधबारको बैठकमा मुख्यगरी महामन्त्री गगन थापाप्रति आक्रमक सुनिएका थिए ।
आफूलाई अख्तियारले मुद्दा चलाउनमा महामन्त्री थापाको पनि भूमिका रहेको आशय व्यक्त गर्दै कोही पनि सग्लो नरहेको बताएका थिए ।
प्रतिक्रिया 4