
फाइल फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.- जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका दिदी-बहिनीको भिरबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको छ ।
- मृत्यु हुनेमा १८ वर्षीया शर्मिला र १४ वर्षीया चमेली रहेका छन्, घटना राति ९ बजेतिर भएको हो।
- प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ।
२० असार, सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी-बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला र १४ वर्षीया चमेली रहेको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए ।
बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका थिए । राति ९ बजेतिर भिर माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए ।
प्रहरीसमेत घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4