 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजारमा आलुको मूल्य बढेको छ।
- रातो आलु प्रतिकिलो ४४ देखि ४६ रुपैयाँ, भारतीय ३९ देखि ४० रुपैयाँ र मुडेको ३६ देखि ३८ रुपैयाँमा किनबेच भइरहेको छ।
- हिजोको तुलनामा मूल्यमा वृद्धि भएको देखिन्छ।
२० असार, काठमाडौं । बजारमा आलुको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार आलुको मूल्य बढेको देखाएको हो ।
बजारमा रातो, सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ । त्यसमध्ये रातो आलु भारतीय पनि बजारमा आउँछ ।
आज कालीमाटी बजारमा रातो आलु प्रतिकिलो थोकमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ४६ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै रातो आलु भारतीयको प्रतिकिलो थोक मूल्य न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँ कायम छ । आलु रातो मुडेको प्रतिकिलो न्यूनतम ३६ रुपैयाँदेखि अधिकतम ३८ रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो बिहीबार आलु रातो ४२ देखि ४५, आलु रातो भारतीय ३६ देखि ४० र आलु रातो मुडेको ३६ देखि ३८ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4