
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार गाजरको मूल्य ५६ रुपैयाँ तोकेको छ।
- गाजरको मूल्य जेठदेखि क्रमिक रूपमा बढ्दै गएको देखिन्छ।
- असार पहिलो साता गाजरको मूल्य ६५ देखि ७५ रुपैयाँ पुगेको थियो।
२० असार, काठमाडौं । बजारमा गाजरको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार गाजरको भाउ घटेको देखाएको हो ।
शुक्रबार लोकल गाजर प्रतिकिलो ५६ रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य बिहीबारको तुलनामा १९ रुपैयाँ बढी हो । बिहीबार गाजर प्रतिकिलो ७५ रुपैयाँमा किनबेच भएको थियो ।
जेठको पहिलो सातादेखि गाजरको भाउ क्रमिक रूपमा बढ्न थालेको देखिन्छ । ९ जेठमा प्रतिकिलो न्यूनतम २० रुपैयाँ र अधिकतम ३० रुपैयाँमा कारोबार भएको गाजर ११ जेठमा प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ५० रुपैयाँमा कारोबार भएको थियो ।
असार पहिलो साता फेरि गाजरको भाउ ह्वात्तै बढेर ६५ देखि ७५ रुपैयाँ पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4