
News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलाको पुल भाँचिएपछि पूर्णरुपमा आवागमन बन्द भएको छ।
- रातिको समयमा पुल भाँचिएपछि यात्रु र स्थानीयवासीलाई आवतजावतमा कठिनाइ भएको छ भने वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन्।
- धुलिखेल–सुर्यविनायक सडक निर्माण भइरहेकोले अवरोधले सवारीसाधनको आवागमन प्रभावित भएको छ।
२१ असार, काभ्रे । अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्ग बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलाको पुल भाँचिएको छ ।
काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि उक्त सडकमा पूर्णरुपमा आवागमन बन्द भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख सुनील ध्वाजुले जानकारी दिए ।
रातिको समयमा नाला पुलबजार छेउको पुल भाँचिएपछि यात्रुहरू र स्थानीयवासीहरूलाई आवतजावतमा कठिनाइ भएको छ भने यातायातका साधनहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन् ।
धुलिखेल सुर्यविनायक सडक निर्माण भइरहेकोले अवरुद्ध छ । त्यसकै विकल्पमा रहेको यो सडकको पनि पुल भाँचिएपछि वैकल्पिक सडक अवरुद्ध भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4