News Summary
Generated by OK AI. Editorially reviewed.- उपप्रधानमन्त्री प्रकाशमान सिंहले महिला फुटबल टिमका प्रशिक्षकको असन्तुष्टिबारे गम्भीर बन्न आग्रह गरे।
- उनले खेलकुदले अनुशासित नागरिक उत्पादन गर्न र भविष्य खोज्न स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक रहेको बताए।
- सिंहले बाह्य प्रशिक्षकको असन्तुष्टि नेपाललाई असर गर्न सक्ने भन्दै ध्यान दिन आग्रह गरे।
२४ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला फुटबल टिमका प्रशिक्षकको असन्तुष्टिबारे गम्भीर बन्न आग्रह गरेका छन् ।
मंगलवार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले महिला फुटबल टिमका प्रशिक्षकले असन्तुष्टि जनाएकोबारेमा ध्यान दिन जरुरी रहेको बताएका हुन् । महिला फुटबलले हालका खेलहरुमा राम्रो प्रदर्शन गरेको भन्दै उनले प्रशिक्षणका लागि आएका अन्तर्राष्ट्रिय प्रशिक्षकहरुले असन्तुष्टि जनाउनुले नेपाललाई असर पर्ने भन्दै त्यसमा ख्याल गर्न जरुरी रहेको बताएका हुन् ।
स्वस्थ र असल नागरिक उत्पादन गर्न खेलकुदको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले खेलले अनुशासित नागरिक उत्पादन गर्ने बताए । खेल क्षेत्रले विदेशमा काम गर्न जानेहरुको लर्कोलाई स्वदेशमै भविष्य खोज्न सकिन्छ भन्नेकुरा स्थापित गर्न जरुरी रहेको उनको भनाइ थियो ।
उपप्रधानमन्त्री सिंहले भने, ‘खेलकुद जगतलाई खेलाडीदेखि लिएर कोचहरुदेखि लिएर सबैलाई तपाईंहरुले अत्यन्तै प्रतिकुल अवस्थामा पनि अग्रसरताको कारणले नेपाललाई अघि बढाइराख्नुभएको छ । महिलाहरुको फुटबलले पनि रिसेन्ट्ली राम्रै गरेको छ । तर त्यहाँ कोचले असन्तुष्टि जुन जनाएको छ, यसमा ध्यान दिनुछ’ उनले भने, ‘बाहिरबाट कोच गर्न आएकाहरुको असन्तुष्टि भयो भने त्यसले हामीलाई असर गर्नसक्छ । त्यसमा ख्याल गर्नुपर्छ । स्वस्थ र असल नागरिक उत्पादन गर्न खेलकुद जगतले राम्रो काम गरेको छ । अनुशासित नागरिक उत्पादन गर्न खेलकुद जगतले धेरै ठूलो योगदान गरिरहेको छ । विदेशमा जाने लर्को लागिरहेको छ, कामको खोजिमा । काम यहीँ गर्दा हुन्छ भन्ने वातावरण बनाउन जरुरी छ ।’
प्रतिक्रिया 4