
News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहटको माधवनारायण नगरपालिका-८ स्थित बागमती नदीमा बाढीले १३ वर्षीय सुधीर पासवानलाई बगाएर बेपत्ता बनाएको छ।
- स्थानीय र प्रहरीले १३ वर्षीय शिवजी पासवानलाई सकुशल उद्धार गरेका छन् र बेपत्ता बालक सुधीरको खोजी कार्य भइरहेको छ।
२६ असार, जनकपुरधाम । रौतहटको माधवनारायण नगरपालिका-८ स्थित बागमती नदीको बाढीमा बगेर एक बालक बेपत्ता भएका छन् । अर्का बालकको भने सकुशल उद्धार गरिएको छ ।
बुधबार दिउँसो घर नजिकै बागमती नदीमा बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका स्थानीय १३ वर्षीय सुधीर पासवान बगेर बेपत्ता भएका छन् ।
सुधीरसँगै दाउरा टिप्न गएका अर्का बालक १३ वर्षीय शिवजी पासवानलाई भने स्थानीय र प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी सरोज डल्लाकोटीले जानकारी दिए ।
दुवै बालक दाउरा टिप्न गएको बेला अचानक अएको बाढीको भेलमा फसेका थिए ।
एकजना बेपत्ता भए पनि स्थानीयले तत्कालै सशस्त्र प्रहरी बोलाउँदा उद्धार गरिएको थियो ।
उद्धार गरिएका बालक नदीको बीचमा फसेर उद्धार कुरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ ।
ती बालक नै बगेको भनेर भाइरल भइरहेको भिडियो असत्य रहेको प्रहरीले दाबी गरेको छ । बेपत्ता बालक सुधीरको खोजी कार्य गरिरहेको सूचना अधिकारी डल्लाकोटीले बताए ।
प्रतिक्रिया 4