+
+
Shares

चितवनमा एक बालकको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते ८:०१
फाइल फोटो

२७ असार, चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं. ७ मा एक बालकको शव फेला परेको छ ।

शुक्रबार बिहान करिब सवा पाँच बजे पडेरिया पुलबाट करिब २ किलोमिटर पर चित्रसारीतर्फ बाँसघारी नजिक शव फेला परेको हो ।

उक्त शव बूढीराप्ती नदीमा बेपत्ता भएका १५ वर्षीय बालक अनमोल लम्सालको भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

रत्ननगर नगरपालिका १५, माधवपुर निवासी लम्साल बिहीबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका थिए । उनी मामा घर गएको बेला पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?