+
+
Shares

किलोमै ७५ रुपैयाँ बढ्यो हरियो धनियाँको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार स्थानीय बजारमा हरियो धनियाँको मूल्य बढेको तथ्यांक सार्वजनिक गरेको छ।
  • हरियो धनियाँको औसत थोक मूल्य शुक्रबार प्रतिकिलो ७५ रुपैयाँले बढेर ३०० रुपैयाँ पुगेको छ।
  • असार पहिलो साता हरियो धनियाँ प्रतिकिलो ५४ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार हरियो धनियाँको भाउ बढेको हो ।

आज हरियो धनियाँको औसत भाउ थोकमा प्रतिकिलो ७५ रुपैयाँ बढेको छ ।

बिहीबार हरियो धनियाँ प्रतिकिलो २ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आज भने हरियो धनियाँ प्रतिकिलो ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

असार पहिलो साता हरियो धनियाँ प्रतिकिलो ५४ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?