+
+
Shares

पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय प्रमुखसँग प्रहरीको सोधपुछ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बोलाएको छ।
  • नलाई \'श्री ५ महाधिराज सरकार भन्दै निकालिएका विज्ञप्तिदेखि संवाद सचिवालयको आधिकारिता लगायतका विषयमा बुझ्न बोलाएको प्रहरीको भनाइ छ।
  • प्रहरी अधिकारीहरुले पाठकलाई \'श्री ५ महाराजधिराजलाई संविधानले नचिन्ने\' विषयमा पनि सोधिएको बताएका छन्।

२७ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले उपस्थित हुन भन्दै सम्पर्क गरेपछि उनी केहीबेरअघि जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेका छन् । काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोराले उनलाई बोलाइएको अनलाइनखबरसँग पुष्टि गरे ।

‘श्री ५ महाधिराज सरकार भन्दै निकालिएका विज्ञप्तिदेखि संवाद सचिवालयको आधिकारिता लगायतका विषयमा बुझ्न बोलाएका हौं’, उनले भने ।

‘श्री ५ महाराजधिराजलाई संविधानले नचिन्ने’ भन्दै उनलाई त्यसबारे सोधिएको अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?