+
+
Shares

प्रधानमन्त्रीको गुनासो : देश आलोचनात्मक चेतबाट आक्रान्त भइसक्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले देश आलोचनात्मक चेतबाट आक्रान्त भइसकेको बताएका छन्।
  • उनीले विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रममा आलोचनात्मक चेत होइन, विश्लेषणात्मक चेत आवश्यक रहेको तर्क गरे।
  • ओलीले जे कुरामा पनि आलोचना नभई रचनात्मक सुझाव र टिप्पणी आवश्यक रहेको उल्लेख गरे।

२७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश आलोचनात्मक चेतबाट आक्रान्त भइसकेको बताएका छन् ।

शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब आलोचनात्मक नभई विश्वलेषणात्मक चेतको जरुरी रहेको तर्क गरे ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले जे कुरामा पनि आलोचना नभई रचनात्मक सुझाव जरुरी रहेको बताए ।

‘आलोचनात्मक चेत होइन, विश्लेषणात्मक चेत चाहिन्छ हामीलाई । आलोचनात्मक चेतले आक्रान्त भइसक्यो देश । जेमा पनि आलोचना, जेमा पनि आलोचना, जेमा पनि आलोचना होइन’ उनले भने, ‘रचनात्मक सुझाव आवश्यक छ, रचनात्मक टिप्पणी जरुरी छ ।’

उनले थपे, ‘विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिन्छ । यहाँनेर कमजोरी भयो भनेर देखाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?