+

एनपीएल अक्सनको तयारीमा जुट्यो क्यान

२०८२ असार  २७ गते १७:२९ २०८२ असार २७ गते १७:२९
एनपीएल अक्सनको तयारीमा जुट्यो क्यान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको तयारी थालेको छ।
  • क्यानले अगस्टमा मिनी अक्सन गर्ने र अक्सनको मिति सार्वजनिक गर्ने जनाएको छ।
  • एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधि जितेको थियो।

२७ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी थालेको छ ।

क्यानले शुक्रबार सामाजिक सञ्जालमा अक्सनको लागि अब प्रतीक्षा सुरु भएको जानकारी दिएको छ ।

एनपीएलको दोस्रो संस्करणअघि सबै ८ टोलीले आ-आफ्नो रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् ।

नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा उल्लेख भएबमोजिम आउँदो अगस्टमा मिनी अक्सन हुने तय छ ।

तालिकामा उल्लेख भएबमोजिम अगस्टमै अक्सनको काम सम्पन्न हुने क्यानले जनाएको छ ।

यसका लागि क्यानले अब खेलाडी दर्तादेखि अक्सनको नियमहरू समावेश गर्दै अक्सनको मिति सार्वजनिक गर्नेछ ।

एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो ।

एनपीएल एनपीएल अक्सन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय