+

जर्सीसँगको हारपछि स्कटल्याण्ड टी-२० विश्वकप छनोटबाट बाहिरियो

२०८२ असार  २७ गते १९:३३ २०८२ असार २७ गते १९:३३
जर्सीसँगको हारपछि स्कटल्याण्ड टी-२० विश्वकप छनोटबाट बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्कटल्याण्डले नेदरल्याण्ड्समा जारी युरोपियन छनोट अन्तर्गत जर्सीसँग १ विकेटले पराजित भई आगामी आईसीसी टी–२० विश्वकप २०२६ मा छनोट हुन सकेन।
  • जर्सीले १३४ रनको लक्ष्य पछ्याउँदै अन्तिम ओभरको अन्तिम बलमा रोमाञ्चक जित निकालेको थियो र विश्वकप छनोटको सम्भावना जीवित राखेको छ।
  • छनोटमा इटाली ३ खेलमा ५ अंकसहित शीर्षस्थानमा छ भने जर्सी र नेदरल्याण्ड्स दोस्रो र तेस्रो स्थानमा छन्।

२७ असार, काठमाडौं । स्कटल्याण्ड आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ मा छनोट हुन असफल भएको छ।

नेदरल्याण्ड्समा जारी युरोपियन छनोट अन्तर्गत बिहीबार भएको खेलमा स्कटल्याण्ड जर्सीसँग १ विकेटले पराजित भयो।

यो स्कटल्याण्डको लगातार दोस्रो हार हो । यस हारपछि ४ खेलमा ३ अंक मात्र भएको स्कटल्याण्ड विश्वकपमा छनोट हुन सकेन ।

१३४ रनको लक्ष्य पछ्याएको जर्सीले खेलको अन्तिम ओभरको अन्तिम बलमा रोमाञ्चक जित निकालेको थियो।

जर्सीका लागि भने यो जितले विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ। अब आजै हुने इटली र नेदरल्याण्ड्सबीचको खेलको नतिजाले जर्सीको भाग्य निर्धारण गर्नेछ।

यदि इटालीले नेदरल्याण्ड्सलाई हराएमा जर्सी सिधै विश्वकपमा छनोट हुनेछ। नेदरल्याण्ड्सले इटलीलाई ठूलो अन्तरले हराए पनि जर्सीले नेट रनरेटको आधारमा छनोट हुने सम्भावना राख्दछ।

२०१६ यता लगातार टी–२० विश्वकप खेल्दै आएको स्कटल्याण्ड यसपटक भने छनोट हुन सकेन ।

छनोटमा हाल इटाली ३ खेलमा ५ अंक जोडेर शीर्षस्थानमा छ । दोस्रो स्थानको जर्सीको ४ खेलमा ५ अंक छ र नेट रनरेटमा पछाडि छ ।

तेस्रोमा नेदरल्याण्ड्सको ३ खेलमा ४ अंक छ । नेदरल्याण्ड्स स्कटल्याण्डसँग पराजित हुँदा जर्सी र गुएर्नसेलाई हराएको थियो ।

आईसीसी टी २० विश्वकप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय