+
+
Shares

‘भुवा’मार्फत निर्देशनमा फर्किए संसारकै कान्छा निर्देशक

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सौगात विष्टको निर्देशनमा तयार भएको छोटो फिल्म 'भुवा'को छायांकन सकिएको छ।
  • स्मरणा पोखरेलले निर्माण गरेको यो फिल्ममा गजित विष्टले मुख्य भूमिका निर्वाह गरेका छन्।
  • फिल्मले पारिवारिक भावना र सामाजिक चेतना समेट्ने अपेक्षा गरिएको छ।

काठमाडौं । संसारकै कान्छा फिल्म निर्देशकको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डमा’ नाम लेखाउन सफल सौगात विष्टको निर्देशनमा तयार भएको छोटो फिल्म ‘भुवा’को छायांकन सकिएको छ ।

डान्स फिभरको प्रस्तुति रहेको यो फिल्मलाई सम्झना पोखरेलले निर्माण गरेकी हुन् । यो सर्ट फिल्मको शीर्ष भूमिकामा अभिनेता गजित विष्टले अभिनय गरेका छन् ।

यो फिल्मले पारिवारिक भावना र सामाजिक चेतनालाई समेट्ने अपेक्षा गरिएको छ । कम उमेरमा निर्देशनमा पाइला टेकेका सौगातले यो छोटो फिल्ममार्फत फेरि एकपटक दर्शकलाई आफ्नो क्षमताको परिचय दिने विश्वास गर्न सकिन्छ ।

संगम विष्टले लेखेको पटकथामा सौगातले उत्कृष्ट निर्देशन गरेको निर्माणपक्षको भनाई छ । नवराज उप्रेतीको छायांकन, प्रवीण भट्टको सम्पादन रहेको फिल्ममा राजेन्द्र बजगाईंको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?