
News Summary
Generated by OK AI. Editorially reviewed.- सुष्मा ठकुरी फाउन्डेसनद्वारा इन्द्रेणी सांस्कृतिक विकास केन्द्रमा आयोजना गरिएको ‘इन्द्रेणी दोहोरी तारा २०८२’ प्रतियोगितामा सपना रोका विजयी भएकी छन्।
- रोकाले उत्कृष्ट प्रस्तुति दिँदै नगद १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गरिन् भने टेकराज भण्डारी दोस्रो भए।
- कार्यक्रममा लोकसंगीत क्षेत्रमा योगदान पुर्याएका अमरविरही गुरुङ, प्रेमराजा महत, नारायण रायमाझी र दुर्गा रायमाझीलाई विशेष सम्मान प्रदान गरिएको छ।
काठमाडौं । सुष्मा ठकुरी फाउन्डेसनद्वारा इन्द्रेणी सांस्कृतिक विकास केन्द्रमा आयोजना गरिएको ‘इन्द्रेणी दोहोरी तारा २०८२’ प्रतियोगितामा सपना रोका विजयी भएकी छन् ।
४२ टिमको सहभागिता रहेको प्रतियोगितामा रोकाले उत्कृष्ट प्रस्तुति दिँदै नगद १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गरिन् । टेकराज भण्डारी दोस्रो बने ।
उपविजेता भण्डारीले नगद ५५ हजार ५५५ रुपैयाँ र ट्रफी प्राप्त गरे । सरोज सिंखडा उत्कृष्ट गायक, सुवास रेग्मी नवगायक, लुमा केसी अनुशासित गायिका र शंकर क्षेत्री उत्कृष्ट भेषभुषा विधामा उत्कृष्ट भए ।
कार्यक्रममा लोकसंगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमरविरही गुरुङ, लोकगायक प्रेमराजा महत, संगीतकार नारायण रायमाझी, प्रतिष्ठानका पूर्वअध्यक्ष प्राज्ञ दुर्गा रायमाझीलाई विशेष सम्मान प्रदान गरिएको हो ।
जुरी प्यानलमा इन्द्र जिसी, सीता थापा, राजु ढकाल, श्याम राना, बबिता बानियाँ जेरी, मीना बुढाथोकी, प्रकाश पराजुली, जालुमाया गुरुङ, बीमा अनुरागी लगायत सहभागी थिए ।
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा प्रमुख अतिथि थिइन् । फाउन्डेसनकी अध्यक्ष सुष्मा शाही ठकुरीले फाउन्डेसनले सामाजिक र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यसहित पहिलोपटक आयोजना गरेको यस कार्यक्रमलाई निरन्तरता दिइने बताइन् ।
प्रतिक्रिया 4